अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो ।

आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले ट्विटरमार्फत् जानकारी दिएका छन् ।

‘हामी यस्तो अपराधको निन्दा गर्छौँ… र पीडितप्रति समवेदना व्यक्त गर्छौ ।’ मुजाहिदलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजिराको अनलाइन संस्करणले जनाएको छ ।

आक्रमणको जिम्मा हालसम्म कुनै समूहले पनि लिएको छैन । यद्यपि गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता आतंककारी संगठन इस्लामिक स्टेटले यस्ता आक्रमणको जिम्मा लिँदै आएको छ ।

आक्रमणमा प्रयोग भएको विष्फोटक पदार्थ र यसको उद्देश्यबारे अनुसन्धान भइरहेको कुन्दुज प्रहरीले जनाएको छ । पछिल्ला केही दिनहरुयता अफगानिस्तका विभिन्न स्थानहरुमा बम आक्रमण हुँदै आएको छ ।

कुन्दुजमा गराइएको पछिल्लो आक्रमणलाई गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता गराइएका घातक आक्रमणको रुसमा लिइएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ५५ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद