मोस्कवा डुबेपछि रुसद्वारा पहिलोपटक हताहतिको विवरण सार्वजनिक « Khabarhub

मोस्कवा डुबेपछि रुसद्वारा पहिलोपटक हताहतिको विवरण सार्वजनिक


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले पहिलो पटक युद्धपोत मोस्कवा डुब्दा भएको हताहतिको विवरण सार्वजनिक गरेको छ । रुसको रक्षा मन्त्रालयले जनाएअनुसार मोस्कवा डुब्दा १ जनाको मृत्यु भएको छ भने अरु २७ जना हराइरहेका छन् ।

रक्षा मन्त्रालयले ३९६ जनाको उद्धार गरिएको समेत बताएको छ । यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ ।

यसअघि रुसले कृष्ण सागरमा मोस्कवा युद्धपोत डुब्दा भएको हताहतिको विवरण सार्वजनिक गरेको थिएन ।

रुसले उक्त युद्धपोत आगलागीका कारण डुबेको बताउँदै आएको छ भने युक्रेनी पक्षले उक्त युद्धपोतमा नेप्चुन क्षेप्यास्त्रबाट आक्रमण गरिएको दाबी गर्दै आएका छन् ।

गत फेब्रुअरी २४ यता युक्रेनविरुद्ध जारी रुसी आक्रमणका क्रममा मोस्कवा डुबेको घटनालाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ४० बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा