एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो « Khabarhub

एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानी गाउँका ११४ घरमा खानेपानीको धारा पुगेको छ । कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै आएका नर्जाखानी बासीको घर घरमा अहिले खानेपानीको पहुँच पुगेको छ । 

लामो समय स्थानीयवासीले खानेपानीको चरम अभाव भोग्दै आएको थियो । अहिले एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानीको धारा जडान गरिएको तमानखोला गाउँपालिकाले जनाएको छ । गाउँमा पानीको अभाव हुँदा यहाँका स्थानीयवासीले एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर खोलामा धाउनुपर्ने बाध्यता रहेको थियो । एक घर एक धारा निर्माणसँगै सो बाध्यता हटेर गएको छ । पालिकाकै सबैभन्दा दुर्गम गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि अहिले नर्जाबासीका लागि वरदान सावित भएको छ । 

नर्जाखानी गाउँकी मिन छन्त्याल अहिले घर घरमै धारो बनेको र बानी पनि प्रसस्तै आउँदा पहिलेको दुख बिर्सिएको बताए। उनले पानीको अभावका कारण विगतमा बिहानसाँझ पानी बोक्न मै महिलाको दिन बित्ने गरेकोमा अहिले आफूहरूको दैनिकी नै फेरिएको बताए।

एक घर एक धाराले गर्दा तरकारीलगायत अन्य खेती गर्न सहज भएको भन्दै समयको समेत बचत हुने गरेको उनको भनाइ छ । नर्जाखानीमा तमानखोला गाउँपालिकाले रु ३८ लाख लगानी गरेर एक घर एक घरा निर्माण गरेको छ । स्थानीयवासीलाई खानेपानीको साह्रै समस्या भएपछि पहिले खानेपानीको योजनामा लगानी गरेको तमानखोला गाउँपालिका–६ नर्जाखानीका वडाध्यक्ष कुलबहादुर छन्त्याल बताए।

एक घर एक धारा निर्माणका लागि स्थानीयवासीले श्रमदान पनि गरेका छन् । यो अभियानअन्तर्गत नर्जा गाउँमा ११४ व्यक्तिगत धारा र दुई वटा सार्वजनिक धारा निर्माण गरिएको छन्त्यालले बताए । उनले वडा नम्बर ६ नर्जाखानीकै भित्रि वनमा पनि एक घर एक धारो निर्माण गरेको बताए। “हामीले यहाँका प्रत्येक बस्तीमा खानेपानीको व्यवस्थापनका लागि लागेका छौँ, अहिले भित्री वनमा पनि योजना सञ्चालनमा आएको छ, विभिन्न आर्थिक वर्षमा विनियोजन गरेको २० लाखले यहाँ काम भएको हो”, अध्यक्ष छन्त्यालले भने।

 तमानखोला गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्‍याउनका लागि तमानखोला गाउँपालिकाले विभिन्न योजना अगाडि बढाइरहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए। गाउँपालिकासहित प्रदेश सङ्घ सरकार र साझेदार निकाय नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयरमार्फत पनि खानेपानीका योजना निर्माणको काम अगाडि बढेको बताए।

गाउँपालिकाले पालिकाका सबै बस्तीका नागरिकलाई स्वच्छ र सफा पानी सहज रुपमा खुवाउने उद्देश्यले काम गरेको उनले बताए। अध्यक्ष बुढामगरले अहिलेसम्म अधिकांश बस्तीमा एक घर एक धारो निर्माण गरेको भन्दै केही छुटेका बस्तीमा पनि निर्माण सुरु गरेको भन्दै केही समयमा सबै नागरिकले सहज रुपमा खानेपानी उपभोग गर्न पाउने बताए।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : ५२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा