स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने « Khabarhub

स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली र कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ ।

नेपाल भारत सीमा सुरक्षा बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा बैठकले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । सीमा नाका बन्द हुँदा अत्यावश्यक सेवा भने सुचारु नै रहने उनले बताए ।

बैठकमा कैलाली कञ्चनपुर र भारतको लखिमपुर खिरीका सुरक्षा अधिकारीको सहभागिता थियो ।  बैठकले सीमा नाकामा हुने अन्य शान्ति सुरक्षाका विषयमा पनि छलफल गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

‘यस पटकको बैठक निर्वाचन सुरक्षामा केन्द्रित रहेको थियो,’ प्रजिअ थापाले भने, ‘अन्य विषयमा पनि सामान्य छलफल भयो ।’ नेपाल भारतको सिमानाका बारेमा देखिएका विवादबारे पनि सामान्य छलफल भएको प्रजिअ थापाले बताए ।

बैठकमा सहभागी भारतको लखिमपुर खिरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार सिंहले नेपालमा हुने स्थानीय तहको निर्वाचनका लागि सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ३२ बजे

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार