कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष राई एमालेमा प्रवेश « Khabarhub

कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष राई एमालेमा प्रवेश


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– चुनावको मुखमा कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने शर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् ।

उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गरेका राई हाल कांग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराहपोखरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । कांग्रेसबाट प्रमुखमा लगभग वर्तमान प्रमुख सालिकराम बञ्जरा नै दोहोरिने निश्चित भएको अवस्थामा राई एमाले प्रवेश गरेका हुन् ।

बराहपोखरी गाउँपालिकामा गोमादेबी मगरलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरिएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । मगर हाल उपप्रमुख छिन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ०३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो