कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष राई एमालेमा प्रवेश | Khabarhub Khabarhub

कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष राई एमालेमा प्रवेश


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– चुनावको मुखमा कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने शर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् ।

उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गरेका राई हाल कांग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराहपोखरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । कांग्रेसबाट प्रमुखमा लगभग वर्तमान प्रमुख सालिकराम बञ्जरा नै दोहोरिने निश्चित भएको अवस्थामा राई एमाले प्रवेश गरेका हुन् ।

बराहपोखरी गाउँपालिकामा गोमादेबी मगरलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरिएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । मगर हाल उपप्रमुख छिन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ०३ बजे

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ आन्तरिक

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर– जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा

बेनीमा मौलिक सम्पदाको संरक्षण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण