पीएसजीले जित्यो फ्रेन्च लिगको उपाधि « Khabarhub

पीएसजीले जित्यो फ्रेन्च लिगको उपाधि


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु मैदानमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।

शनिबार राति दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अंकको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्कका गरेकाे हाे ।

पीएसजीले सन् १९८६, १९९४, २०१३, २०१४, २०१५, २०१६, २०१८, २०१९, २०२० र २०२२ मा उपाधी जित्न सफल भएको छ।

खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै १० खेलाडीमा सिमित लेन्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । लेन्स ५४ अंक जोडेर सातौ स्थानमा छ ।

यसै सिजन बार्सिलोना छाडेर पेरिस झरेका लियोनल मेस्सी र सर्जियो रामोसको यो पहिलो फ्रेन्च लिग उपाधी हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै