बायर्न लगातार १०औँ पटक बुन्डेसलिगाको च्याम्पियन « Khabarhub

बायर्न लगातार १०औँ पटक बुन्डेसलिगाको च्याम्पियन


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२औँ उपाधि जित्न सफल भयो ।

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल फर्काए ।

जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक छ । दोस्रो स्थानको डर्टमुन्डको समान खेलबाट ६३ अंक छ ।

सन् २०१२-१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ४८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा