एक हप्ताको अस्पताल बसाइँपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज | Khabarhub Khabarhub

एक हप्ताको अस्पताल बसाइँपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – मुटुको भल्बमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । गत जेठ १९ गते अस्पताल भर्ना भएका पौडेल एक हप्ताको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मुख्यमन्त्री पौडेलले नियमित स्वास्थ्य परीक्षण गर्दा क्रममा मुटुमा समस्या देखिएको थियो । काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उहाँको एनजिओप्लाष्टि गरिएको थियो ।

उनको उपचारमा अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोली खटिएको थियो । अस्पताल भर्ना भएसँगै मुख्यमन्त्री पौडेल सहभागी हुने सार्वजनिक कार्यक्रम एक हप्ताका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ११ : २७ बजे

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान

कुटपिटबाट एक ५० वर्षीया महिलाको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी

‘परान‘ टिमको नियोजित फन्डा ! ‘खेल’ कि हाइप बढाउने खेलो ?

काठमाडौं – फिल्म ‘परान’का निर्देशक दीपक आचार्य ‘काकु’, नायिका केकी