काठमाडौँ– वरुण धवन र आलिया भट्टले बलिउडमा एक साथ केही फिल्ममा काम गरेका छन् ।
डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत बलिउडमा सँगै काम गरेका दुई कलाकारले हम्टी शर्माकी दुल्हनियाँ र बद्रिनाथकी दुल्हनियाँमा काम गरिसकेका छन् । अब वरुण र आलियालाई लिएर निर्देशक शशांक खेतानले दुल्हनियाँ सिरिजको तेस्रो फिल्मको तयारी थालेका छन् ।
फिल्ममा वरुण र आलिया नै राखिने निर्माण कम्पनी धर्मा प्रोडक्सनले समेत जनाइसकेको छ । फिल्ममा अन्य कलाकार को-को हुनेछन भन्ने विषयमा अझै टुङ्गो नलागेको बताइएको छ। यद्यपि फिल्म रम-कम जनरामा बन्ने निर्देशक खेतानले बताएका छन् । हम्टी शर्माकी दुल्हनियाँले बक्स अफिसमा एभेरेजकै व्यापार गरेता पनि बद्रिनाथकी दुल्हनियाँले राम्रो व्यापार गरेको थियो ।
डेब्यु फिल्म देखि नै धर्मा प्रोडक्सनका करण जोहरले बलिउडका दर्शक माझ वरुण र आलियाको जोडीलाई स्थापित गराउने उद्देश्यका साथ आफ्ना फिल्महरुमा कास्ट गर्दै आइरहेका छन् ।
प्रतिक्रिया