पूर्व न्यायाधीश श्रेष्ठको पुस्तक ‘जीवन र न्याय’ विमोचन « Khabarhub

पूर्व न्यायाधीश श्रेष्ठको पुस्तक ‘जीवन र न्याय’ विमोचन


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको पुस्तक ‘जीवन र न्याय’ शनिबार विमोचन गरिएको छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुबा न्यायाधीश कुलबहादुर श्रेष्ठको जीवन भोगाइमा आधारित पुस्तक ‘जीवन र न्याय’ शनिबार एक कार्यक्रमका बीच समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूले सामूहिक रुपमा विमोचन गरिएको हो ।

 चार भागमा विभाजन गरेर पस्किएको पुस्तकको पहिलो भागमा जीवनको सुरुवाती क्षणको पारिवारिक अवस्थाबारे चर्चा गरिएको छ ।  दोस्रो भागमा सम्पादक खड्काले लेखक श्रेष्ठले जागिर सुरु गर्दाको अवस्था र त्यस क्रममा भोगेका जीवनको कठिन भोगाइहरू समेटिएको छ ।  त्यस्तै पुस्तकको तेस्रो भागमा सरकारी जागिरपछिको अधिवक्ताको जीवनका भोगाई, चौथो भागमा न्यायाधीश भएपछिको अवस्था समेटिएको छ ।

पुस्तकमा न्यायाधीश श्रेष्ठले झगडियाहरूलाई कसरी सहमतिको बिन्दुमा ल्याए भन्ने केही उदाहरणहरू पेश गरिएको छ ।  पुस्तकको पाँचौ भागमा अवकाशपछिको जीवन र छैठौं भागमा जीवन अस्तित्वको निरन्तरताका विषयहरू समेटिएका छन् ।

लोकार्पण कार्यक्रममा पूर्व प्रधानन्यायाधीशहरु रामप्रसाद श्रेष्ठ, मीनबहादुर रायमाझी, लेखक कुलबहादुरका माइला छोरा तथा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व महान्यायाधीवक्ता राघवलाल वैद्य तथा सम्पादक खड्काले पुस्तकमाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ३१ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य