भरतपुरमा कांग्रेस बचाउन म उम्मेदवारी दिँदैछु : पूर्वसांसद पौडेल « Khabarhub

भरतपुरमा कांग्रेस बचाउन म उम्मेदवारी दिँदैछु : पूर्वसांसद पौडेल


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस असन्तुष्ट पक्षको तर्फबाट पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिने भएका छन् ।

असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आज भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् ।

असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि तालाबन्दीसमेत गरेका थिए । स्वतन्त्र उमेदवारी घोषणा गर्ने कार्यक्रममा असन्तुष्ट कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङ भने सहभागी भएनन् ।

पूर्वसांसद पौडेलले महानगरको मेयरमा आकांक्षासमेत राखेका थिए । पौडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रीय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लोहनीले जानकारी दिए ।

उनलाई कांग्रेस महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्वसांसद भिमबहादुर श्रेष्ठले समर्थन गरेका थिए । मेयर उम्मेदवार बनेका नेता पौडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । उनले भोलि दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चौविसकोठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने बताए ।

महासमिति सदस्य खरेलले असल र इमान्दार कार्यकर्ताले नेतृत्वको गलत निर्णयका विरुद्ध बोल्न सक्नुपर्ने बताइन् । कांग्रेस पार्टी बचाउनका लागि आफूलाई नेतृत्वले कारबाही गरेपनि गलत निर्णयलाई गलत नै भन्ने उनले प्रष्ट पारिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ११ बजे

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते 

काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न

निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य

ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको