प्रधानमन्त्री देउवाकै गृहजिल्लामा कांग्रेस विभाजित « Khabarhub

प्रधानमन्त्री देउवाकै गृहजिल्लामा कांग्रेस विभाजित


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ ।

नेपाली कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशन तथा १४ औँ महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो । विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन् ।

नेपाली कांग्रेसको छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेडेल्धुरा जिल्लाको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लपक्ष नेपाली कांग्रेस बीपीबाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू नेपाली कांग्रेस (बीपी) बाट स्थानीय तहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।

‘नेपाली कांग्रेसबाट उमेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रीय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरू नेपाली कांग्रेस (बीपी) बाट चुनावी मैदानमा जाने तयारी गरेका हौँ’  महिला नेतृ कमला बिष्टले बताइन् ।

जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उमेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरूसँग तालमेलको प्रयासहरू पनि भइरहेकाले भोलि मात्रै उमेदवारी दर्ता गरिने नेपाली कांग्रेस बीपीका जिल्ला संयोजक तिलक हमालले जानकारी दिए ।

नेपाली कांग्रेस बाहेकका जुनसुकै दलहरूसँग तालमेल हुनसक्ने संयोजक हमालको भनाइ थियो ।

देशभरी गठबन्धनमा रहेका दलहरूले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरे पश्चात नेपाली कांग्रेस छाडेर कांग्रेस बीपीबाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ४१ बजे

अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१८ भेडीयारीबाट अवैध लागूऔषध गाँजा ६ किलो १ सय ३०

नारायणी अस्पतालमा क्याथ ल्याब जडानको काम अन्तिम चरणमा

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म

विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग

अटलान्टा– अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,