सुडानको डार्फरमा भएको हिंसामा परी १६८ जनाको मृत्यु « Khabarhub

सुडानको डार्फरमा भएको हिंसामा परी १६८ जनाको मृत्यु


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरू बीचको झडपमा कम्तिमा १ सय ६८ जनाको मृत्यु भएको छ । स्वतन्त्र सहायता समूह जनरल कोर्डिनेशन फर रिफ्युजी एन्ड डिस्प्लेस्डका प्रवक्ता एडम रेगललाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार डार्फरमा भएको हिंसामा अरु ९८ जना घाइते भएका छन् ।

उनका अनुसार बिहीबार पश्चिमी डार्फर प्रान्तको राजधानी गेनेनाबाट ३० किलोमिटर पूर्वमा रहेको क्रेइनिक क्षेत्रमा अज्ञात हतियारधारीले दुई जनाको हत्या गरेपछि हिंसा शुरु भएको हो ।

पछि हिंसा गेनेनासम्म फैलिएको थियो । सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर तथा भिडियोहरुमा डार्फरका विभिन्न स्थानमा जलिरहेका घरबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

यद्यपि यी तस्वीर तथा भिडियोहरुको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यता रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीले घाइतेहरुलाई सुरक्षित साथ अस्पताल जान दिन सबै पक्षसँग आग्रह गरेको जनाइएको छ ।

पछिल्लो आक्रमणमा सरकार समर्थित ‘जन्जविद’ नामक लडाकु समूहको हात रहेको सहायता समूहले आरोप लगाएका छन् । अरब जातीको वर्चश्व रहेको यस समूहले सन् २००० यता जातीय अल्पसंख्यकविरुद्ध दमन गर्दै आएको बताइन्छ ।

यसबाहेक यो समूहका धेरै सदस्यहरु सुडानको ‘र्‍यापिड सपोर्ट फोर्स’ नामक अर्धसैनिक बलमा समावेश भएको अल जजीराले जनाएको छ ।

रेगलले पछिल्ला केही सातामा यस हतियारधारी समूहले ‘हत्या, आगजनी, लुटपाट र निर्दयी यातना जस्ता घटना गराएको’ आरोप लगाए ।

सन् २००३ मा जातीय अल्पसंख्यकहरुले तत्कालीन राष्ट्रपति ओमर अल बसिरले आफूहरुमाथि दमन गरेको भन्दै विद्रोह थालेपछि डार्फरमा द्वन्द्व शुरु भएको बताइन्छ ।

सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन, पानी र चरनमा पहुँचको विवादका कारण द्वन्द्व बढेको छ ।

हालसम्म यस द्वन्द्वका कारण ३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ भने २५ लाख मानिसहरू विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २० बजे

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग