बालेन भन्छन्-‘काठमाडौँ सधैँ परिवर्तनको पक्षमा छ’ « Khabarhub

बालेन भन्छन्-‘काठमाडौँ सधैँ परिवर्तनको पक्षमा छ’



काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गर्न थालेका छन् ।

हिजो र आज उम्मेदवारी दर्ता भईरहेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा र्‍यापर बालेन शाहले पनि काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता अगाडि आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी बालेनले चुनावी घोषणापत्र सार्वजनिक गरे । जसलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । सामाजिक सञ्जाल परिवर्तनलाई लिएर बहस सुरु भएको छ । 

काठमाडौँ  के हुनु पर्थ्यो र के छ? भन्ने बहस अहिले सामाजिक सञ्जालमा देख्न पाइन्छ । अघिल्लो २०७४ सालको स्थानीय निर्वाचनमा पनि काठमाडौँले परिवर्तन नखोजेको होइन । नयाँ अनुहारहरू रन्जु दर्शना र किशोर थापालाई भोट परेकै हो । त्यसपछि उनीहरूको दलले गरेको गतिविधिले स्वतन्त्र उम्मेदवारलाई यहा सहज छ त ? यो जिज्ञासा धेरैमा छ । तर, काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएका बालेनले अघिल्लो पटक बसेको संस्कारले अहिले सजिलो भएको बताए । 

‘यो सहरले परिवर्तन चाहन्छ भन्ने अघिल्लो उदाहरणहरू प्रशस्तै छन् । अघिल्लो स्थानीय निर्वाचनमा परिवर्तनको पक्षमा परेको मतले अहिले मलाइ स्वतन्त्र उम्मेदवारी दिन आत्मबल बढेको हो’ बालेनले भने । चुनावी प्रचारमा रहेका उनले काठमाडौँमा रहेको न्युट्रल भोटले आफूलाई जिताउने विश्वास व्यक्त गरे । ‘अघिल्लो स्थानीय निर्वाचनमा रन्जुजी र किशोरजी एकसाथ लड्नु भएको भए उहाँहरूले पाउनु भएको भोट दोब्बर हुन्थ्यो । किनकी यहाँका जनता सधैँ परिवर्तनका पक्षमा छन्’ बालेनले भने । 

अघिल्लो स्थानीय निर्वाचनमा परिवर्तनको पक्षमा परेको भोट र नयाँ थपिएका युवा भोटरले पनि परिवर्तनकै पक्षमा मतदान गर्ने विश्वास बालेन सहितको टिममा छ । सामाजिक सञ्जालमा बालेनले राम्रो सपोर्ट पाएका छन् । अर्को जिज्ञासा हुन् सक्छ के ती सामाजिक सञ्जाल प्रयोगकर्ता काठमाडौँमै भोटर छन् त ? यस विषयमा पनि बालेन सहितको टिमले अनुसन्धान गरेको छ । 

‘मसँग रहेका तीन लाख पचास हजार भन्दा बढी फलोअर्स मध्ये एक लाख पचास हजारको हाराहारीमा काठमाडौँकै हुनुहुन्छ । त्यो हामीले रिसर्च गरिएको डाटाले भनिरहेको छु उनले भने ‘। बालेनलाई सामाजिक सञ्जालमा प्राप्त हुने प्रतिक्रियासँगै सपोर्टलाई समेत उनको टिमले डिजिटल अध्ययन गरिरहेको छ । बालेनका अनुसार राजनीतिक दलबाट पनि अफर नआएको होइन । तर, उनले दलको सहारामा उम्मेदवारी दिनु उचित ठानेनन् । 

‘मलाइ दलबाट अफर आएको हो । तर मैले व्यक्त गरिरहेको आइडोलोजीसँग मेल नखाने भएपछि स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको हुँ । मेरो उदेश्य व्यक्ति भन्दा विचार जित्नु पर्छ भन्ने हो । म कसैको पार्टीको चुनाव चिन्ह लिएर उठ्दा उसकै विचारलाई प्रवाह गर्नुपर्छ । र, स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने सोच भएकाले पनि स्वतन्त्र उम्मेदवार बनेको हुँ’ बालेनले भने । 

उनले न्युट्रल मान्छेलाई सुधार्न सकिएता पनि दलका कार्यकर्तालाई भने सुधार्न गाह्रो हुने विचार व्यक्त गरे । ‘निदाएको मान्छेलाई उठाउन सकिदैन । त्यसैले दलसँगको सहकार्यको सम्भावना नै रहेन’ उनले भने । युवा माझ आफ्नो घोषणा पत्रका कारण चर्चाको विषय बनेका बालेन अहिले पनि त्यही समुहमा आफ्नो विचार प्रवाह गरिरहेका छन् । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा रन्जु र किशोर जस्ता नयाँ अनुहारहरुले आफ्नो ‘ब्राण्ड’ जोगाउन नसक्दा बालेन उदाउँदैछन् । २०७४ को स्थानीय निर्वाचनमा काठमाडौँमा नयाँ अनुहारलाई गरिएको विश्वासनै बालेनले दिएको उम्मेदवारीको आधार हो । तर, पुरानै पार्टी शैलीमा अघिल्ला अनुहारले आफूलाई गरेको परिवर्तन पश्चात बालेनलाई फाइदा गर्छ वा घाटा यो भने हेर्न बाँकी छ।

नयाँ भिजन सहित परिवर्तनको विचार व्यक्त गर्दै स्थानीय तहमा निर्दलीय व्यस्था ल्याउने सपना देखेका बालेनलाई काठमाडौँले कत्तिको विश्वास गर्छ ? यो भने आउँदा दिनले नै बताउने छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : २८ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह