विपद् व्यवस्थापनका लागि सबै मिलेर अघि बढ्नुको विकल्प छैनः गृहमन्त्री थापा « Khabarhub

विपद् व्यवस्थापनका लागि सबै मिलेर अघि बढ्नुको विकल्प छैनः गृहमन्त्री थापा


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सोमबारबाट शुरु भएको छ ।

गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तन सम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिने उद्देश्यका साथ दक्षिण एशीयाका विज्ञहरुसहितको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले विकसित राष्ट्रहरुको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढन आह्वान गरे । उनले बाढी, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरुबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

जलवायु परिवर्तनको व्यवस्थापनका लागि नविकरणीय उर्जामा जोड दिनुपर्ने गृहमन्त्री थापाले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगरपालिका महासंघ र गाउँपालिका महासंघको संयुक्त आयोजनामा गरिएको सम्मेलनले नेपालको विपद् व्यवस्थापन, उर्जा संकट समाधान र जलवायु परिवर्तनका कारण परेका नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ३ : २० बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र