साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध « Khabarhub

साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ । 

मार्भलको पछिल्लो फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यद्यपि रिलिजको अन्तिम तयारीमा रहेको यो फिल्म विवादमा समेत फसेको छ । साउदी अरेबियासहित अरबका अन्य देशहरुमा रिलिज गर्न लागिएको फिल्ममा समलिङ्गी पात्रको उपस्थिति रहेको भन्दै प्रतिबन्ध लगाइएको छ ।

निर्माता कम्पनी मार्भलकै अघिल्लो फिल्म ‘द इटर्नल्स’ लाई रोक लगाइएको प्रावधानलाई पछ्याउँदै साउदीले सोही ब्यानरको अर्को फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मार्भल सिनेम्याटिक युनिभर्सको पहिलो समलिङ्गी सुपरहिरो ‘द इटर्नल्स’ पनि समलिङ्गी रोमान्स भएका कारण साउदी अरेबियामा प्रतिबन्ध लगाइएको थियो । सामान्यतः खाडी मुलुकमा समलैंगिकता सम्बन्धी विषयमा बनेका फिल्मको सेन्सर पास हुँदैन । 

‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ मा अमेरिका चाभेजलाई लेस्बियन किशोरीको रुपमा चित्रण गरिएको छ । यही कारण दर्शाउँदै साउदी सेन्सरले फिल्म प्रदर्शनको अनुमति नदिएको हो ।

सामुएल मार्शल रैमी निर्देशित ‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ बेनेडिक्ट कुम्बरब्याचसँगै चिवेटोल इजोफोर, बेनेडिक्ट वङ लगायतको मुख्य भूमिका छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ३४ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय