चन्दननाथको मेयर पदमा कठायतको स्वतन्त्र उम्मेदवारी « Khabarhub

चन्दननाथको मेयर पदमा कठायतको स्वतन्त्र उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाली कांग्रेसका नेता राजुसिंह कठायतले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली कांग्रेसले पार्टीले मेयर पदको उम्मेदवारको टिकट नदिएपछि उनले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका  हुन् ।

त्यस्तै मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लामो समयदेखि पार्टीमा खटिएर लाग्दासमेत अन्तिममा पाँचौँ नम्बरमा रहेका उम्मेदवारलाई मेयर पदको टिकट दिएको बताए । उनले भने, ‘पार्टीलाई योगदान दिने कार्यकर्ता नचिन्ने नेपाली कांग्रेसको पार्टी छोडेर स्वतन्त्र उम्मेदवार दिनु परेको हो’ 

तर नेपाली कांग्रेस पार्टीले चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा रामदेवी खड्कालाई उम्मेदवार बनाएको हो । 

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ५० बजे

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका