आधिकारी प्रतियोगिताका रूपमा ‘नेपाल टी-२०’ आयोजना हुने « Khabarhub

आधिकारी प्रतियोगिताका रूपमा ‘नेपाल टी-२०’ आयोजना हुने


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० क्रिकेट प्रतियोगितालाई आधिकारिक मान्यता दिँदै आयोजना गर्ने भएको छ ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आधिकारी प्रतियोगिताको रूपमा नेपाल टी-२० आयोजना गर्ने घोषणा गरेको हो ।

हाल नेपालमा निजी क्षेत्रबाट एभेरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पीपीएल) जस्ता चर्चित फ्रेन्चाइज लिगहरू आयोजना हुँदै आएका छन् ।

नेपाल टी-२० भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस व्यावसायिक साझेदारको रूपमा रहने छ । यसअघि सेभेन थ्री स्पोर्टसले क्यानसँग १० वर्षे समझदारी गरे पनि पछि आठ वर्षमा झारेको थियो ।

क्यानले आठ वर्षमा सेभेन थ्रीसंँग सम्झौताअनुसार करिब ३१ करोड हाराहारी आर्थिक रकम प्राप्त गर्नेछ ।

क्यानले प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाइसकेको छ ।

प्रतियोगिता घोषणापछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल टी-२० नेपाली क्रिकेट, विशेष गरी क्रिकेटमा भविष्य खोजिरहेका युवाहरूका लागि ठूलो पहल हुने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : २० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले