आधिकारी प्रतियोगिताका रूपमा ‘नेपाल टी-२०’ आयोजना हुने « Khabarhub

आधिकारी प्रतियोगिताका रूपमा ‘नेपाल टी-२०’ आयोजना हुने


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० क्रिकेट प्रतियोगितालाई आधिकारिक मान्यता दिँदै आयोजना गर्ने भएको छ ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आधिकारी प्रतियोगिताको रूपमा नेपाल टी-२० आयोजना गर्ने घोषणा गरेको हो ।

हाल नेपालमा निजी क्षेत्रबाट एभेरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पीपीएल) जस्ता चर्चित फ्रेन्चाइज लिगहरू आयोजना हुँदै आएका छन् ।

नेपाल टी-२० भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस व्यावसायिक साझेदारको रूपमा रहने छ । यसअघि सेभेन थ्री स्पोर्टसले क्यानसँग १० वर्षे समझदारी गरे पनि पछि आठ वर्षमा झारेको थियो ।

क्यानले आठ वर्षमा सेभेन थ्रीसंँग सम्झौताअनुसार करिब ३१ करोड हाराहारी आर्थिक रकम प्राप्त गर्नेछ ।

क्यानले प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाइसकेको छ ।

प्रतियोगिता घोषणापछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल टी-२० नेपाली क्रिकेट, विशेष गरी क्रिकेटमा भविष्य खोजिरहेका युवाहरूका लागि ठूलो पहल हुने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : २० बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना