शान्तिपूर्ण प्रदर्शनमा प्रहरी धरपकडको नेकपाकै नेताले जनाए आपत्ति « Khabarhub

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी धरपकडको नेकपाकै नेताले जनाए आपत्ति


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरुले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले आइतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उनले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।  राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे ।

उनले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी दिए । समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाए ।

उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : ०७ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन