युभेन्ट्सको पुनरागमन जित « Khabarhub

युभेन्ट्सको पुनरागमन जित


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक गोलले पछि परेको स्थिति उल्टाउदै युभेन्ट्सले इटालियन सिरी ए मा पुनरागमन जित निकालेको छ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई २-१ अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन बलियो सम्भावना बनाएको हो।

खेलको ३८औँ मिनेटमा जिआकोमो रास्पाडोरीले गोल गर्दै घरेलु टोली आसुओलोलाई अग्रता दिलाए। तर, अर्जेन्टिनी स्टार पाउलो डेबलाले ४५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

खेल सकिन दुई मिनेट बाँकी रहदा मोइसे केइनले गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे।

जितसँगै युभेन्ट्सले ३४ खेलबाट ६६ अंक बनाएर चौथो स्थानमा रहेको छ। सासुओलो ४६ अंकसहित दशौ स्थानमा छ।

सिरीको शीर्ष स्थानमा एसी मिलान रहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ३९ बजे

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी