ह्युस्टन फिल्म फेस्टिभलमा महेशले जिते उत्कृष्ट अभिनेताको अवार्ड « Khabarhub

ह्युस्टन फिल्म फेस्टिभलमा महेशले जिते उत्कृष्ट अभिनेताको अवार्ड


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । 

अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा रहेका महेशले ‘हल्कारा’ फिल्म मार्फत दुवैलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । फिल्ममा उनी रामको क्यारेक्टरमा देखिएका छन् ।

 यसअगाडि नै विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ ले यसअघिनै फेस्टिभलमा दुईवटा अवार्ड जितेको थियो । ह्ययुस्टनमा चलेको फेस्टिभलमा फिल्मले प्लाटिनम रेमी अवार्ड र छायाँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेको जानकारी निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ ।

इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भएको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : १२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल