नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ जना विरुद्ध अख्तियारको उजुरी | Khabarhub Khabarhub

नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ जना विरुद्ध अख्तियारको उजुरी


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मुगुको सोरु गाउँपालिका-१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आरोपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हो । 

बढी मूल्यांकन गरी झुठ्ठा बिल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुगु सोरु गाउँपालिका-१ को काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन वन कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरेअनुसार काम नगरी, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा काम नगरी बढी रकम भुक्तानी लिनेदिने काम गरी रकम हिनामिना गरी सरकारी वा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुर्‍याइएको हुँदा मुद्दा दायर गरिएको आयोग जनाएको छ । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ५८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका