चर्चामै सिमित ‘जनादेश’  « Khabarhub

चर्चामै सिमित ‘जनादेश’ 


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अजय देवगण पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् ।

 सिंघम स्टार अभिनेता विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । बायोपिकसँगै सोसल इस्युको फिल्म गरिरहेका अजय ‘रन वे ३४’ को प्रमोशनमा व्यस्त छन् । दिल क्या करे, गंगाजल, अपहरण, राजनीति र सत्याग्रह जस्ता फिल्ममा अजयले काम गरेका अजयले पछिल्लो समय निर्देशक प्रकाश झासँग काम गरेका छैनन् । प्रकाशले केही समय अगाडि नै ‘अजय जनादेश’ बनाउने घोषणा गरेका थिए । नेपालमा समेत एक फिल्म फेस्टिभलमा सहभागी हुन आइपुगेका प्रकाशले आफूले नयाँ फिल्म ‘जनादेश’ बनाउन लागेको बताएका थिए । 

दामुल, परिणति, मृत्युदण्ड जस्ता फिल्म निर्देशक गरेर चर्चामा आइसकेका निर्देशक प्रकाश झासंग अजयले ‘दिल क्या करे’ मा पहिलो पटक सहकार्य गरेका थिए । त्यसपछि अजय र प्रकाशको यात्राले सत्याग्रहसम्म निरन्तरता पायो । केही समय यता यी दुईको बीचमा  राम्रो सम्बन्ध थिएनन् । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्वीकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो । 

यद्यपि पछिल्लो समय प्रकाशले अजयसँग ‘जनादेश’ मा सहकार्य गर्न संकेत गरेका थिए । यद्यपि त्यसको सुरुवात अझै हुन सकेको छैन । विशेषत: निर्देशक झाले राजनीतिक परिवर्तनपछि समाज र व्यक्तिमा पर्ने असरमा फिल्म बनाउने गर्छन् । उनी अजयसँग  सहकार्य गर्न चाहन्छन् । तर, अजयले  समय नदिँदा जनादेशको काम  स्क्रिप्टमै रोकिएको छ  ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : १० बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ