सलमानसँग टाइगरको तुलना भएपछि…. « Khabarhub

सलमानसँग टाइगरको तुलना भएपछि….


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउडमा टाइगर श्राफ एकपछि अर्को सफलता मार्फत अगाडि बढिरहेका छन् ।

 ‘हिरोपन्ती’ डेब्यु अभिनेता टाइगरलाई ‘बागी’ सिरिजले स्थापित बनायो । उनले अभिनय गरेको फिल्म ‘बागी’ सलमान खान अभिनीत फिल्मको रिमेक थियो । पछिल्लो समय बडी र एक्सन मार्फत फ्यानको मनमा स्थान बनाउन थालेका टाइगरको तुलना सलमानसँग पनि भइरहेको छ ।

फिटनेसको कुरामा सलमान र टाइगर अगाडि आउने गरेका छन् । आफ्नो तुलना सलमानसँग भएपछि  टाइगरले यस विषयमा बोलेका छन् । टाइगरले सलमानलाई बलिउडको ‘शेर’ भनेका छन् । ‘मेरो तुलना सलमान सरसँग हुनु ठिक हैन, म बच्चा हुँ भने उहाँ शेर हुनुहुन्छ । त्यसैले तुलना नै हुँदैन  । मलाई लाग्छ सलमान सरको ब्रासलेटको पेज मात्र पनि बनाउने हो भने सोसल मिडियामा मेरो भन्दा बढी फलोअर्स हुन्छ’ टाइगरले एक अन्तरवार्तामा भने ।

टाइगर आफ्नो आइडलको रुपमा ऋतिक रोशनसँगै सलमानलाई पनि उत्तिकै मान्छन् । टाइगरको ‘हिरोपन्ती  २’ पछिल्लो समय प्रदर्शनको लागि तयारीमा छ । फिल्ममा टाइगरसँगै तारा सुतारिया , नवाजुद्दिन सिद्द्की लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : २३ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण