रुसी विदेशमन्त्रीद्वारा तेश्रो विश्वयुद्धको चेतावनी « Khabarhub

रुसी विदेशमन्त्रीद्वारा तेश्रो विश्वयुद्धको चेतावनी


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी विदेश मन्त्री सर्गेई लाभरोभले तेश्रो विश्वयुद्धको चेतावनी दिएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका पत्रकारहरूसँग कुरा गर्दै लभ्रोभले तेश्रो विश्वयुद्धको चेतावनी दिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

उनले युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका हुन् । लाभरोभले शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले जनाएको छ ।

उनले भने– ‘सद्भावनाको सीमा हुन्छ । तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन ।’

लाभरोभले टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको बैठकमा युक्रेनी पक्षले अघिल्लो अडानबाट पछि हटेर सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन् । तर लाभ्रोभले भने जेलेन्स्कीले शान्तिवार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् ।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेको समेत चेतावनी दिएका छन् । ‘खतरा गम्भीर छ, यो वास्तविक हो ।’ उनले भने ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ३२ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका