आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा « Khabarhub

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ।

मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो ।

राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३, वानिन्दु हसरंगा १८, साहबाज अहमेदले १७ रन जोड्दा रजत पाटिदरले १६ रन बनाए ।

राजस्थानका कुलदिप सेनले ४ विकेट लिए भने रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २ विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको राजस्थानका रियान परागले ५६, कप्तान सन्जु सामसनले २७ रन बनाउँदा रविचन्द्र आश्विनले १७ रन जोडे । बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले दुईदुई विकेट हात पारे ।

जितसँगै राजस्थानले ८ खेलमा १२ अंक जोडेको छ ।
पाँचौं स्थानको बैंगलोरले ९ खेलमा १० अंक बनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ४८ बजे

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट