चट्याङ पर्दा लागेको आगलागीबाट दुई घर जलेर नष्ट « Khabarhub

चट्याङ पर्दा लागेको आगलागीबाट दुई घर जलेर नष्ट


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो ।

टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिए ।

प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : २० बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई