सेभ द चिल्ड्रेन भन्छ– ‘अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खानै पाउँदैनन्’ « Khabarhub

सेभ द चिल्ड्रेन भन्छ– ‘अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खानै पाउँदैनन्’


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खाना नपाउने तथ्यांक सार्वजनिक भएको छ ।

बेलायतमा आधारित बालअधिकारवादी संस्था सेभ द चिल्ड्रेनले अफगानिस्तानमा १ करोड २० लाख अर्थात् कूल बालबालिकामध्ये दुई तिहाइले पर्याप्त खाना नपाउने गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

तीमध्ये ५० लाख बालबालिका भोकमरीको जोखिममा रहेको पनि उक्त संस्थाले जनाएको छ ।

‘मानवीय सहयोगले केही अत्यावश्यक वस्तुको आपूर्ति त होला तर यसले पूरै अर्थतन्त्रलाई जोगाउन सक्दैन ।’ सेभ द चिल्ड्रेनका अफगानिस्तान निर्देशक क्रिस न्यामन्डीले भने, ‘जबसम्म हामीले आर्थिक संकटको सम्बोधन गर्दैनौँ, तबसम्म बच्चालाई बेचिदिने, बालश्रम गराउने जस्ता घटना बढिरहन्छन् ।’

यता केही बालअधिकार अभियन्ताहरुले भने अफगानिस्तानमा अन्तर्राष्ट्रिय निकायहरुले बाल सुरक्षाका लागि पर्याप्त ध्यान दिनुपर्ने बताएका छन् ।

अफगानिस्तानको समाचार च्यानल टोलोसँग कुराकानी गर्दै महिला तथा बालअधिकार अभियन्ता जरका यफ्तालीले भनिन्– ‘आर्थिक अवस्थामा सुधार नहुने हो भने यस्ता संकटले अफगानिस्तानका बालबालिकामा अल्पकालीन र दीर्घकालीन रुपमा नकारात्मक असर पर्नेछ ।’

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ४९ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल