नेपालमा ब्राण्ड दर्ता गर्नै समस्या छ, विदेशी लगानी कसरी आउँछ ? « Khabarhub

नेपालमा ब्राण्ड दर्ता गर्नै समस्या छ, विदेशी लगानी कसरी आउँछ ?


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म नेपालमा भारतीय लगानीको प्रतिनिधित्व गर्छु । यसमा एउटा व्यवहारिक समस्या के आइरहेको छ भने नेपालमा दर्ता गर्नको लागी मुख्य ब्राण्ड रहेको देशमा स्थायी दर्ता भएको चाहिन्छ । भारतमा प्रकिया के छ भने ब्राण्ड दर्ता गरेर साधारणतया ६ महिनाभित्र अस्थायी दर्ता प्रमाणपत्र पाउँछ ।

यस अवधिमा ब्राण्ड मालिकले अस्थायी दर्ता प्रमाणपत्रको आधारमा आफ्नो ब्राण्ड लन्च गर्छ । स्थायी दर्ता प्रमाण पत्र पाउनका लागी पाँचदेखि सात वर्ष लाग्छ । तिनीहरूले सुरुवात गरेको एकदेखि डेढ वर्षसम्म सफल हुन्छ कि हुँदैन, हेर्छ ।

जबसम्म ब्राण्डको मुख्य मालिकले उसको देशमा स्थायी दर्ता पाउँदैन । तबसम्म नेपालमा दर्ता गर्न सक्दैन । त्यसैले चार वर्ष भित्रमा जसले ब्रान्डको सफलता देख्छ र लन्च गर्छ, बजारको महसुस गरेर नेपालमा पनि दर्ता गर्छ ।

जब ब्राण्डको मुख्य मालिकले नेपालमा दर्ता गर्नका लागी मौका हेर्छ । त्यत्ति बेलासम्म अरूले दर्ता गरेर लन्च गरिसकेको हुन्छ । बजारमा मोडेल पनि आइसकेको हुन्छ र उसले यस विरुद्ध मुद्दा लड्नुपर्दा सातदेखि दश वर्षसम्म समय लाग्छ । एउटा समस्या यो पनि हो ।

कसैले ब्राण्ड दर्ता किन गर्दैन त ? यसको दुई वटा विकल्प छन् । एक विकल्पमा, स्थानीय कम्पनीको नाममा दर्ता गर्नु हो । त्यसको लागी होम रजिस्ट्रेसन चाहिँदैन । यो अवस्थामा भोलि गएर त्यही ब्राण्ड उत्पादन गर्छु भने ब्राण्डको बिक्रीबाट रोयल्टी पठाउन सक्दैन ।

सिद्धान्तले दर्ता गर्न दिँदैन । दोस्रो, अर्को समस्या नियममा एउटा यस्तो प्रावधान पनि छ की दर्ता गरेको एक वर्षभित्र ब्राण्ड लन्च गरेन भने उद्योग विभागलाई दर्ता खारेज गर्ने की नगर्ने बारेमा सोच्नुपर्छ ।

अर्को कुरा, जुन बेला एउटा कम्पनी यहाँ आउँछ, त्यही बेलामा सुरुमै नियमको कुरा आउँछ । मैले जुन कम्पनीलाई प्रतिनिधित्व गर्छु । त्यसको कुरा गर्नुपर्दा हामी सन् २००० मा नेपाल आउने बेलामा हाम्रो चार वटा ब्रान्ड थियो । आजको दिनमा हामीसँग दश वटा अम्ब्रेला ब्राण्ड छ । जसको चौबिस वटा व्यक्तिगत ब्राण्ड छ । हाम्रो मुख्य कम्पनी ‘बर्जर’ भारतमा १२० ब्राण्ड छन् । नेपालमा जम्मा कति वटा ब्राण्डलाई दर्ता गर्ने ? कसरी गर्ने ? यो एउटा व्यवहारिक समस्या छ।

अहिले ‘नेरु ल्याक’को जुन निर्णय गरिएको छ, यो एउटा ऐतिहासिक निर्णय हो । किनभने आर्टको जति जुन कानुनी दायित्व छ । मैलै अहिलेसम्म यस्तो राम्रो निर्णय सुनेको छैन । यो अवश्य स्वागतयोग्य छ । हामीलाई लाग्छ भविष्यमा यसको निकै सुधार हुनेछ । ‘एफडीआई’ धेरै आउन सकेको छैन । यसको लागी एउटा उदाहरण दिन्छु ।

‘आईटीसी’को ‘आइटीसी रिटेल’को एउटा भर्टिकल छ । जहाँ तिनीहरुसँग फरक ग्राहकको उत्पादन ब्राण्ड छ । दुर्भाग्यबस् तिनीहरूले अहिलेसम्म एउटा ब्राण्ड पनि नेपालमा दर्ता गर्न सकेको छैन । किनभने अरु कोहीले अगाडि नै दर्ता गरेर व्यापार गरिरहेको छ । त्यसैले उनीहरुले एउटा व्यापारिक अवसर गुमाएका छन् । जसबाट विदेशी लगानी आउन सकेन ।

‘थ्रेसहोल्ड लेभल’को कुरा गर्ने हो भने हाम्रो फरक चरणमा पुरा भएको छ । पाँच करोडलाई क्षेत्रअनुसार एउटा रणनीति लिनुपर्छ । केही दिन अगाडी उद्योग मन्त्रालयले एउटा सेमिनार आयोजना गरेको थियो ।

त्यो कार्यक्रममा सबै जना ‘सेक्टरियल नीति’मा जान असहमत थिए । जस्तै सफ्टवेयर कम्पनीमा पाँच करोड लगानी जरुरी नै छैन । निर्माण कम्पनी हो भने पाँच करोड कम पनि हुनसक्छ । हामीले के बुझ्नु पर्‍यो भने हामीलाई वैदेशिक लगानी चाहिएको छ । तर वैदेशिक लगानीमा पनि हाम्रो प्राथमिक सेक्टर के हो भनेर बुझ्नु पर्छ ।

जहाँ ठुलो उद्योगको स्कोप छ, त्यहाँ दुई पाँच करोडको लगानी केही हुँदैन । हामीले बिजनेसको स्कोप कति छ, बिजनेस विस्तार कति गर्न सक्छ, त्यसबाट रोजगार कति सिर्जना गर्न सक्छ, सरकारको राजश्व कति आउँछ, प्रत्यक्ष लगानी कति आउँछ, बुझ्नुपर्छ । त्यसकारण ठुलो उद्योगको लागी पाँच करोडको सीमा सीमित नुहुन सक्छ । सेक्टरगत नीति जहाँ चाहिँदैन त्यहाँ कम गरे हुन्छ । हामीले औद्योगिक क्षेत्र वा बिजनेस भर्टिकलमा बिजनेस गर्ने स्कोप कतिको हुनसक्छ, विश्लेषण गर्नुपर्छ ।

तेस्रो बुँदामा लगानीकै कुरा गर्नु पर्दा सन् १९९० मा आधारभूत वैदेशिक लगानीको सुरुवात भयो । त्यही बेला र अहिलेमा के परिवर्तन आयो हामीले बुझ्दिनुपर्छ । त्यही बेला भारत र नेपालको तुलनात्मक म्याक्रो–इकोनोमिक अवस्था थियो । यस बेला भारत त्यत्ति राम्रो अवस्थामा गुज्रिरहेको थिएन । औसत जीडीपी वृद्धिदर चार प्रतिशत जति थियो । यही बेला नेपालको राम्रो अवस्था थियो । जीडीपी वृद्धिदर सात प्रतिशतले भइरहेको थियो । नेपालमा अवसर थियो । आजको दिनमा अवस्था विल्कुलै उल्टो छ ।

भारतले प्रगति गरिरहेको छ भने नेपालले छैन । त्यसैले भारतबाट लगानी ल्यायो भने हामीलाई भारतको वातावरणसँग काम सम्पन्न गर्नु पर्थ्यो । त्यति बेला मात्र लगानी आउँथ्यो । यदि कसैले घर बसाएको छैन भने राम्रो ‘रिटर्न’ पाउँछ भने किन नेपाल आएर यति कष्ट लिन्छौ ? त्यसैले आज हामीलाई चाहिएको भनेर खोजिरहेको छन् ।

हामीलाई आजको दिनमा भारतमा लगानीको प्रोत्साहन छ । समग्र आर्थिक अवस्थालाई अनुकूलन गर्न प्रोत्साहन या आर्थिक प्रदर्शन त्यही स्तरमा लानुपर्छ । त्यसपछि मात्र लगानी आउँछ ।

(खबरहबद्धारा आयोजित नेपालमा ब्राण्ड दर्ता र लगानीको समस्याका विषयमा बर्जर कम्पनीका नेपाल प्रमुख सैबल घोषले राखेको विचारको सम्पादित अंशः)

(प्रस्तुती : पासाङ लामा ह्योल्मो)

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ११ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो