मध्य अफ्रिकी गणतन्त्रद्वारा बिट्कोइनलाई कानूनी मान्यता | Khabarhub Khabarhub

मध्य अफ्रिकी गणतन्त्रद्वारा बिट्कोइनलाई कानूनी मान्यता


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रले बिट्कोइन क्रिप्टोकरेन्सीलाई औपचारिक मुद्राका रुपमा कानूनी मान्यता दिएको छ ।

बिट्कोइनलाई कानूनी मान्यता दिन सांसदहरूले सर्वसम्मत निर्णय गरेको त्यहाँको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीबीसीका अनुसार उक्त निर्णयले मुलुकलाई संसारको ‘सबैभन्दा साहसिलो र भविष्यदर्शी देशहरूको मानचित्रमा’ पुर्‍याएको विज्ञप्तिमा लेखिएको छ ।

यससँगै मध्य अफ्रिकी गणतन्त्र बिट्कोइनलाई कानूनी मान्यता दिने दोश्रो मुलुक बनेको बीबीसीले जनाएको छ । यसअघि गत वर्ष सेप्टेम्बर महिनामा ल्याटिन अमेरिकी मुलुक एल साल्भाडोर बिट्कोइनलाई कानूनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो ।

हिरा, सुन र युरेनियम जस्ता प्रचुर खनिज पदार्थ भएपनि यो मुलुक विश्वकै सबैभन्दा गरिब मुलुकको सूचीमा पर्छ ।

त्यहाँ अहिले फ्रान्सका अन्य पुराना उपनिवेशहरूमा जस्तै फ्रान्सले समर्थन गरेको सीएफए फ्र्याङ्क मुद्रा प्रचलित छ।

बीबीसीका अनुसार केही विश्लेषकहरूले बिट्कोइनलाई कानूनी मान्यता दिने मध्य अफ्रिकी गणतन्त्रको निर्णय सीएफएलाई तिरस्कार गर्ने प्रयासस्वरूप भएको ठानेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ४ : १२ बजे

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं — एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सुदूरपश्चिम – वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली

अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि समाप्त

काबुल – अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे लामो युद्धविराम शुक्रबार

देउवा बन्न नसकेका ओलीले जिद्दी गरेरै‌ टारे संकट

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ महाधिवेशन अगाडि