लोसपाको घोषणापत्र : सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार बनाउने प्रतिबद्धता « Khabarhub

लोसपाको घोषणापत्र : सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार बनाउने प्रतिबद्धता


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विभिन्न २० वटा प्रतिबद्धतासहितको स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौँमा कार्यक्रम गरी लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । लोसपाले सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै कृषिसेवा विस्तार, सिँचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन, चुरे जोगाऔं, मधेश बचाऔंलगायत प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।

लोसपाले पहिचानमा आधारित राज्य पुनर्संरचना एवं संविधानमा भएका कमजोरी सच्चाउनका लािग फेरि संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको र यसका लागि तयार रहेको जनाएको छ ।

कार्यक्रममा लोसपा अध्यक्ष ठाकुरले मुलुक संघीय राज्य भएपछि सबै क्षेत्रमा समान अधिकार दिने भनिएपनि त्यसो हुन नसकेकाले आफ्नो पार्टीले यसलाई प्रमुखताका साथ उठाएको बताए ।

नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि जसपाले विशेष ध्यान दिने उनको भनाइ छ । उनले मधेश क्षेत्रका खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा विशेष जोड दिनुपर्ने पनि बताए ।

त्यस्तै लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस, कम्युनिष्टहरू सत्ता र सरकारका लागि चुनाव लड्ने भएपनि लोसपा अधिकार र पहिचानका लागि चुनाव लड्ने बताए ।

चुनावलाई नै आन्दोलनको रूपमा लिँदै अधिकार प्राप्तिको आगामी संघर्षका लागि लोसपा तयार रहेको उनको भनाइ छ । त्यस्तै उनले निर्वाचनकै खिल्ली उठाउने गरी ठूला दलहरू गठबन्धन बनाएर चुनाव लड्न लागेको भन्दै लोसपा एक्लै चुनाव लड्ने बताए । लोसपाले कांग्रेस ठूलो पार्टी भएपनि काम सानो र कम्युनिष्ट पार्टीहरू विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको टिप्पणी पनि गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ५८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन