‘धड्कन २’ को तयारीमा जुटे नरेश « Khabarhub

‘धड्कन २’ को तयारीमा जुटे नरेश


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना निर्देशक नरेश पौड्याल निर्देशनमा फर्किने भएका छन् । 

उनले १६ वर्ष अघि रिलिज भएको हिट फिल्म ‘धड्कन’ को नाममा नयाँ सिरिज बनाउँदैछन् । नरेशकै कथालाई यतिबेला मौनता श्रेष्ठले पटकथाको स्वरूप दिइरहेका छन् । ‘धड्कन २’ नाम रखिएता पनि फिल्मको अघिल्लो सिरिजसँग कुनै सम्बन्ध नरहने निर्देशक पौड्यालले बताए । 

‘कथालाई पटकथामा ढाल्ने कार्य भइरहेको छ । फिल्म प्रेम कथामै आधारित रहने छ । यद्यपि अघिल्लो सिरिजसँग यसको कुनै सम्बन्ध रहने छैन’ निर्देशक पौड्यालले भने । उनले फिल्ममा नयाँ पुस्ताका कलाकारहरू रहने समेत बताए ‘फिल्ममा कसलाई लिने भन्ने तय भएको छैन । किनकी हामी लेख्नकै क्रममा छौँ । यद्यपि नयाँ पुस्ताकै हालीमुहाली हुने सम्भावना छ’ उनले भने ।   

केही समय यता कलाकारको रुपमा मात्र सक्रिय निर्देशक पौड्यालले कथा भेटिएकोले निर्देशन गर्न लागेको बताए ।’मैले कथा नभेटेकोले पनि निर्देशनमा आएको थिइन् । कलाकारको रुपमा काम गर्दा पनि प्रविधि र ट्रेन्डसँग केही हदमा अपडेट नै छु’ निर्देशक पौड्यालले भने । संगीतसँगै लभ स्टोरीको ट्रेडमार्कलाई नयाँपुस्ता मैत्री बनाउने उनले बताए । 

योजना अनुसार नै स्क्रिप्टको काम सकिएमा फिल्म भाद्रबाट छायांकनमै लाने तयारी उनको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ३३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन