लद्दाखका संवेदनशील पूर्वाधारलाई लक्षित गरी चिनियाँ ह्याकरद्वारा साइबर आक्रमण « Khabarhub

लद्दाखका संवेदनशील पूर्वाधारलाई लक्षित गरी चिनियाँ ह्याकरद्वारा साइबर आक्रमण


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ ह्याकरहरुले भारतको लद्दाखमा रहेको संवेदनशील पूर्वाधारलाई लक्षित गरी साइबर आक्रमण गरेको खुलासा भएको छ ।

अमेरिकी साइबर सुरक्षा सम्बन्धी संस्था रेकर्डेड फ्युचरले चिनियाँ ह्याकरहरुले लद्दाखमा रहेको उर्जा पूर्वाधारमा साइबर हमला गरेको जनाएको हो ।

ह्याकरहरुको गतिविधि ठूलो स्तरमा स्वचालित सञ्जालको विश्लेषण र विशेषज्ञहरुको जानकारीका आधारमा पत्ता लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुलाई चीन सरकारले प्रायोजन गरेको र भविष्यमा भारतसँग द्वन्द्व उत्पन्न भएको खण्डमा पूर्वाधारलाई लक्षित गर्नका लागि ह्याकिङ गरिएको हुनसक्ने बताइएको छ ।

‘सो क्षेत्र आसपास रहेका संवेदनशील पूर्वाधारबारे सूचना संकलन गर्न वा भविष्यका लागि तयार रहन साइबर आक्रमण भएको भन्ने हाम्रो विश्वास छ ।’ रेकर्डेड फ्युचरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि रेकर्डेड फ्युचर अन्तर्गत इनिस्किट ग्रुपले सन् २०२१ फेब्रुअरी महिनामा पनि भारतीय पूर्वाधारलाई लक्षित गरी यस्तै साइबर हमलाको प्रयास भएको जनाएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ४३ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न