कालोपत्रे हुँदै सिगाना, बरेङ शान्तिपुर सडक « Khabarhub

कालोपत्रे हुँदै सिगाना, बरेङ शान्तिपुर सडक


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ ।

साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको छ । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि सो प्रक्रिया शुरु गरेको हो ।

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए ।

‘डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्रे गर्न ठेक्का आह्वान गरेका छौँ’, खड्काले भने, ‘यस निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसदले रोजेर सिफारिस गरेको सडक हो, ठेक्का सम्झौता गरेको साढे दुई वर्षमा कालोपत्रे भइसक्नेछ, उक्त सडक लामो भए पनि अहिले सडकको सुरुबाट १० किलोमिटर सडक कालोपत्रे गरिने छ ।’

लामो समय बजेट अभावले कालोपत्रेका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रेको चरणमा प्रवेश गरेको बागलुङ क्षेत्र नम्बर एकका सांसद डा सूर्य पाठकले बताए ।

‘निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत बागलुङ बजार हुँदै सिगाना, चापाखर्क, बरेङ हुँदै शान्तिपुर पुग्ने सडक छनोट गरेर सिफारिस गरेको थिए’, डा पाठकले भने, ‘म निर्वाचित भएको पाँच वर्षभित्र सडक कालोपत्रे भइसक्थ्यो, बीचमा बजेट अभावका कारण ठेक्कामा जान सकेन, अहिले ढिलै भए पनि ठेक्कामा गएको छ, कालोपत्रे हुने भयो ।’

यो ठेक्काअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्म सडक कालोपत्रे भइसकेका कारण बोक्सेबाट बौडैचौरसम्म कालोपत्रे हुदाँ यहाँका जनताले विकासको महसुस गर्ने बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए। उक्त सडकको १० किलोमिटरमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ४९ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।