बाँकेको चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा « Khabarhub

बाँकेको चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– बाँके-शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका– ८स्थित चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

 

उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
शनिवार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरेका थिए । यो सहकारीले सञ्चालनमा ल्याएको गार्डेन मार्टको १६ औं शाखा हो । मार्टको शुभारम्भ गर्दै केन्द्रिय सदस्य अधिकारीले यस्ता मार्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरूलाई एउटै थलोमा आवश्यक खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री किनमेल गर्ने अवसर मिल्ने बताए ।

यस अगाडि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौँडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्युरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेलधुरा, दाङको घोराहीमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ । 

सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् ।

यसका अलवा महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकाको रहेको चाँदनी चोक पछिल्ला केही वर्षयता व्यवसायीक केन्द्रका रुपमा विकास भइरहको छ । त्यसैले पनि यो सहकारीले यहाँ गार्डेन मार्ट सहित आफ्नो सदस्य सेवा काउन्ट समेत विस्तार गरेको छ । 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ३२ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न