करेन्ट लागेर क्रसर उद्योगमा कार्यरत कामदारको मृत्यु « Khabarhub

करेन्ट लागेर क्रसर उद्योगमा कार्यरत कामदारको मृत्यु


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङको केराबारी गाउँपालिका–८ मा रहेको महादेव क्रसर उद्योगमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । क्रसर उद्योगमा गिट्टी र बालुवा धुने पानी तान्नलाई मोटर चलाउने क्रममा करेन्ट लाग्दा केराबारी–८ का २३ वर्षीय टंक लिम्बूको मृत्यु भएको हो । 

लिम्बू सोही क्रसरका कार्यरत रहेका थिए । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान लैजाने क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

क्रसरको लापरबाहीका कारण लिम्बूको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । 

आफन्तले मृतकका छोरीलाई भरणपोषण तथा पठनपाठनको व्यवस्था गरिनुपर्ने, परिवारलाई किरिया खर्च र उचित क्षतिपूर्ति दिनुपर्ने तथा लापरबाहीपूर्ण तरिकाले सञ्चालन गरिएको क्रसर उद्योगमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर शव बुझ्न मानिरहेका छैनन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ४६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ