श्रीलङ्कामा प्रदर्शन अघि अमेरिकी दूतावासद्वारा ‘प्रदर्शन चेतावनी’ जारी « Khabarhub

श्रीलङ्कामा प्रदर्शन अघि अमेरिकी दूतावासद्वारा ‘प्रदर्शन चेतावनी’ जारी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले राजधानी कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।

देशमा जारी आर्थिक संकटको विरोध गर्न कोलम्बो र शहर आसपास धेरै प्रदर्शन र र्‍यालीको आयोजना गरिएको बताइएको छ ।

‘प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ’ अमेरिकी दूतावासले जनाएको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । मुलुकमा हाल खाद्यान्न र बिजुलीको चरम अभाव रहेको बताइन्छ ।

अहिले श्रीलङ्का आफ्ना छिमेकीहरूबाट सहयोग लिन बाध्य रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । कोभिड–१९ महामारीको समयमा पर्यटन क्षेत्रमा आएको कमीका कारणले गर्दा विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको बताइएको छ ।

यसबाट श्रीलङ्कालाई पर्याप्त इन्धन किन्न समेत धौधौ परिरहेको छ । मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकताहरू जस्तै इन्धन र ग्यासको तीव्र अभावको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे

राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान

काठमाडौँ– राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयु)को १५२औँ महासभामा

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति