श्रीलङ्कामा प्रदर्शन अघि अमेरिकी दूतावासद्वारा ‘प्रदर्शन चेतावनी’ जारी | Khabarhub Khabarhub

श्रीलङ्कामा प्रदर्शन अघि अमेरिकी दूतावासद्वारा ‘प्रदर्शन चेतावनी’ जारी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले राजधानी कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।

देशमा जारी आर्थिक संकटको विरोध गर्न कोलम्बो र शहर आसपास धेरै प्रदर्शन र र्‍यालीको आयोजना गरिएको बताइएको छ ।

‘प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ’ अमेरिकी दूतावासले जनाएको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । मुलुकमा हाल खाद्यान्न र बिजुलीको चरम अभाव रहेको बताइन्छ ।

अहिले श्रीलङ्का आफ्ना छिमेकीहरूबाट सहयोग लिन बाध्य रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । कोभिड–१९ महामारीको समयमा पर्यटन क्षेत्रमा आएको कमीका कारणले गर्दा विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको बताइएको छ ।

यसबाट श्रीलङ्कालाई पर्याप्त इन्धन किन्न समेत धौधौ परिरहेको छ । मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकताहरू जस्तै इन्धन र ग्यासको तीव्र अभावको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे

पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा विमोचन

काठमाडौं– लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा विमोचन

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात

काठमाडौं– पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ । टेस्ट

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको