सी डिभिजन लिगमा पुलचोकको पहिलो जित « Khabarhub

सी डिभिजन लिगमा पुलचोकको पहिलो जित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा पुलचोकले रानीवन स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पुलचोकको जितमा सौरभ तामाङको गोल नै निर्णायक बन्यो । खेलको ५२ औँ मिनेटमा पुलचोकका लागि सौरभले गोल गरेका हुन् ।

तामाङ म्यान अफ द म्याच समेत घोषित भए । आज हुने दोस्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र समाज कल्याण खेलकुद केन्द्र दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । 

मनोहरा युनाइटेड क्लब र ओएसिस क्लब दिउँसो ४ बजे भिड्नेछन् । आरसी ९ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने समाज ६ अंकसहित सातौँ स्थानमा छ ।

मनोहरा ४ अंकसहित ९ औँ स्थानमा छ । अंकविहीन ओएसीस १३ औँ स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : २२ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको