सिन्धुली फुटबल संघको चुनाव एन्फामा हुने | Khabarhub Khabarhub

सिन्धुली फुटबल संघको चुनाव एन्फामा हुने


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पटक पटक विवादका कारण स्थगित सिन्धुली जिल्ला फुटबल संघको चुनाव अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सातदोबाटोस्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ । स्थानीय विवादका कारण तोकिएको समयमा चुनाव हुन नसकेपछि वैशाख २२ गते एन्फामा गर्ने निर्णय भएको हो ।

यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, उक्त समय सीमामा चुनाव हुन नसकेपछि चुनाव १८ गतेका लागि सरेको थियो ।

तर, त्यो समयमा समेत नभएपछि एन्फाले पुनः मिति तोकेको हो । एन्फा महासविच इन्द्रमान तुलाधरले पत्र काट्दै २२ गते बिहान १० बजे चुनाब गर्न निर्देशन दिएका हुन् ।

यस्तै, निर्वाचनमा सहभागी हुन आउने–जाने क्रममा लाग्ने सम्पूर्ण खर्च सहभागी स्वयंमले व्यहोर्नु पर्नेसमेत बताइएको छ ।

यसअघि एन्फाको ४८ सदस्य जिल्लामध्ये ४५ मा चुनाव भएको भइसकेको छ । तर, विवादकै कारण तीन जिल्लाको चुनाव हुन सकेको छैन । एन्फा चुनावमा ४५ जिल्लाले मताधिकार पाउनेछन् । एन्फाको आगामी  चुनाव ६ असारमा हुँदैछ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ३० बजे

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी

काठमाडौं – सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी

कञ्चनपुरमा रेबिजविरुद्धको खोप अभाव

कञ्चनपुर – कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी)अभाव

गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु

गाजा – गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा

स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छनोट

काठमाडौं – यस आर्थिक वर्षमा युवाहरुले सञ्चालन गरेका ६६१ परियोजना

बालेनले भने : सबै मिलेर रोजगारीका सम्भावना खोज्नुपर्छ

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग