वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द « Khabarhub

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो ।

वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र करण केसीले १–१ विकेट लिए ।

यसअघि आइतबार भएको पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ‘ए’ टोलीसँग सिरिज खेल्न लागेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बाब्वे ‘ए’ बीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित