नेप्सेमा एकै दिन ४८ अंकको गिरावट, एक अर्ब ४२ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्सेमा एकै दिन ४८ अंकको गिरावट, एक अर्ब ४२ करोडको कारोबार


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार (नेप्से) मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले गिरावट आउँदा नेप्से २३ सय सात दशमलव ४५ अंकमा झरेको हो ।

बजारमा नेप्सेको सेन्सेटिभ इन्डेक्स ८ दशमलव ४५ अंकले घटेर चार सय ४१ अंकमा पुगेको छ । सोमबार नेप्सेमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा ३९ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा दुई सय चार कम्पनीको सेयर घाटामा कारोबार हुँदा १८ कम्पनीका सेयरधनीले नाफा कमाए । नेप्सेमा सोमबार एक मात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भयो ।

जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य एक सय १४ रुपैयाँ बढेर एक हजार दुई सय ५६ रुपैयाँ पुगेको छ । नेप्सेमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स सेक्टरमा तीन सय ४२ अंकको गिरावट आएको छ भने नन्लाइफ इन्स्योरेन्स सेक्टरमा दुई सय १८ अंकले गिरावट आएको छ । यस्तै होटल, म्यानुफ्यक्चर र डेभलपमेन्ट बैंक सेक्टरमा एक अंक बढीले घटेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : १६ बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले