मलेसियामा कामदारको तलव बढ्यो : नेपाली श्रमिक खुसी « Khabarhub

मलेसियामा कामदारको तलव बढ्यो : नेपाली श्रमिक खुसी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ। अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ। मन्त्रालयका अनुसार मे १ देखि श्रमिकको आधारभूत न्यूनतम तलब १५ सय रिंगिट बनाएको हो।

यस भन्दाअघि मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो। मे १ अर्थात् आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुनेगरी आधारभूत तलब बढाएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले एक सूचना जारी गर्दै श्रमिकको तलव बढेसंगै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न म्यानपावरलाई आग्रह गरेको छ।

साथै, यसअघि प्रमाणीकरणको लागि दूतावासमा पेश भएर प्रमाणीकरण नभइसकेका मागपत्रमा मागपत्र र रोजगारी सम्झौतापत्रका सम्बन्धित पेजसमेत सोही अनुसार मिलान गरी दूतावासमा पेश गर्न आग्रह गरेको छ।

मलेसियामा ३ लाख ५० हजार बढी नेपाली कार्यरत छन्। यस्तै केही अवैधानिक रुपमा बसिरहेका नेपालीहरु पनि छन्। मलेसिया नेपालीको रोजगारीको प्रमुख श्रम गन्तव्य हो।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ०९ बजे

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा