सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छः कमल थापा « Khabarhub

सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छः कमल थापा


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए। उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ। थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे।

सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान उनले लेखेका छन्, धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ। कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्। संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन्। सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन।’

पूर्वराजा ज्ञानेन्द्रसँग मन मुटाव भएपछि थापा राजसंस्थाको एजेन्डा त्यागेर हिन्दु धर्मको मात्र एजेन्डा बोकेर हिँडेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ०८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले