ओटीटीमा ‘राधे श्याम’ « Khabarhub

ओटीटीमा ‘राधे श्याम’


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ओटीटीमा ‘राधे श्याम’ साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिजमार्फत् चर्चामा आए ।

दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो ।

प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा देखिएको कमाल यस फिल्ममा देखिएन ।
उनको पछिल्लो फिल्म ‘साहो’ झैँ हिन्दीमा समेत निर्माण गरिएको फिल्ममा प्रभासले डायलग पनि राम्रै बोल्न सकेका छैनन् । कोरोना महामारीका कारण दुई पटक डेट सरेको फिल्मले थियटर रिलिजमा राम्रो कलेक्सन गर्न नसकेपछि ओटीटीमा रिलिज भएको छ ।

अमेजन प्राइम भिडियोमा गत अप्रिल एकमै हिन्दी बाहेकको भाषामा फिल्मलाई दर्शकले हरेक छन् ।

फिल्मलाई तामिल, तेलुगु , मलयालम र कन्नड भाषामा पश्चात हिन्दीमा पनि रिलिज गरिएको छ । हिन्दी भाषालाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको छ । नेटफ्लिक्समा फिल्मले कस्तो कमाल देखाउने हो ? यो भने हेर्न बाँकी छ ।

हलमा भने फिल्म ‘फ्लप’ घोषित भइसकेको छ । प्रभास अभिनीत फिल्म ‘राधेश्याम’ मा उनको को–स्टार छिन् पूजा हेगड़े । भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिएको फिल्म प्रभास र पुजाकै आसपासमा घुमेको छ ।

फिल्ममा पुरानै कथालाई प्रस्तुत गरिएकै कारण दर्शकले राम्रो फिडब्याक दिएनन् । ४ सय करोडको हाराहारीमा निर्माण गरिएको फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ४३ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान