क्लब प्लाटिनममा आस्थाले गाउने  « Khabarhub

क्लब प्लाटिनममा आस्थाले गाउने 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड गायिका आस्था गिलले क्लब प्लाटिनममा गीत सुनाउने भएकी छिन् । 

उनले आउँदो शनिबार अर्थात वैशाख २४ गते काठमाडौँ ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्न लागेकी हुन् । दरबारमार्गस्थित क्लबप्लाटिनममा हुने  ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘ पानी पानी हो गई, ‘ डिजेवाले बाबु’,  ‘अभी तो पार्टी सुरु हुई है’, ‘नागिन दिन गिन गिन’, ‘कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।

फिल्म ‘फग्ली’ को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टन्ट बेस्ड रियालिटी सो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताए । 

आस्थालाई सुन्नलाई साधारणले १ हजार र भीआइपीले २ हजार  तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : २५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार