एमाले कुहिसकेको फर्सी हो, खायो भने रोग मात्रै लाग्छ : अध्यक्ष नेपाल « Khabarhub

एमाले कुहिसकेको फर्सी हो, खायो भने रोग मात्रै लाग्छ : अध्यक्ष नेपाल


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । 

‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुहिएर कीरा परिसकेको छ,’ नेपालले भने । 

एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको बताए । एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनको भनाइ छ । 

विगतमा राजतन्त्र फाल्न तीन दल एकमत भएको स्मरण गराउँदै अहिले केपी ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको उनको भनाइ छ । 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६