संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन  « Khabarhub

 संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका छन् ।

नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दावली प्रयोग गरे ।

‘आदरणीय जनसमुदाय लाल सलाम र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भने ।

लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उनले गरे । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : २६ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६