संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन  « Khabarhub

 संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका छन् ।

नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दावली प्रयोग गरे ।

‘आदरणीय जनसमुदाय लाल सलाम र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भने ।

लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उनले गरे । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : २६ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका