सेयर बजारकाे ओरालो रोकिएन, ३७ अंकको गिरावट  « Khabarhub

सेयर बजारकाे ओरालो रोकिएन, ३७ अंकको गिरावट 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजार नेप्से ३७ अंकले घटेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार घटेर २२ सय ३८ दशमलव ६२ अंमा पुगेर बन्द भएको हो ।

नेप्से परिसूचक बुधबार ३१ दशमवल ७६ अंकले गिरावट आएको थियो । नेप्से २२ सय ७५ अंकबाट खुलेको सेयर बजार अन्तिम समयमा घटेर २२ सय ३८ मा पुगेर बन्द भएको छ । 

बजारमा सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३४ अंकले घटेर ४ सय ३२ अंकमा पुगेको छ। यो साता तीन दिन मात्र खुलेको सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सोमबार २३ सय ५८ बाट खुलेको नेप्से बजार साताको अन्तिम दिन बिहीबार २२ सय ३८ अंकमा झर्दा नेप्से एक सय २० अंकले गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार र तेस्रो दिन मंगलबार सार्वजनिक बिदाले बन्द रहेको थियो । नेप्सेमा बिहीबार ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बिहीबार दुई सय ३२ कम्पनीको सेयर खरिदबिक्री हुँदा दुई सय १४ कम्पनीका सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : ३९ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ