मनाङको नमुना मतदानमा मत बदर शून्य « Khabarhub

मनाङको नमुना मतदानमा मत बदर शून्य


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय निर्वाचनमा मनाङमा बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले बिहीबार नमुना मतदान गरेको छ। 

नमुना मतदानमा ३४ जना सहभागी थिए । सहभागीमध्ये तीन जनाको मत आंशिक बदर भए पनि सहभागी कसैको मत पनि पूर्ण बदर भने भएन । 

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा अभियान नभए पनि नागरिकमा मतदान प्रक्रियाबारे सचेतना रहेको मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

नमुना मतदानमा महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी चुनाव चिह्नमा मत दिन सिकाइएको थियो ।

 मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाएको मनाङका मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।  

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : ४५ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका