टिकटकले ७५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो हटायो | Khabarhub Khabarhub

टिकटकले ७५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो हटायो


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छोटो भिडियो शेयर गर्न मिल्ने एप टिकटकले पाकिस्तानका ६५ लाख भन्दा धेरै भिडियो हटाएको पत्ता लागेको छ ।

कम्युनिटी गाइडलाइन इनफोर्समेन्ट रिपोर्टले जनाएअनुसार टिकटकले सन् २०२१ को पछिल्लो तीन महिनामा ६५ लाख ६३ हजार ५ सय ९४ भिडियोहरु हटाएको हो ।

योसहित टिकटकले विश्वभरबाट ८ करोड ५७ लाख ९४ हजार २ सय २२ वटा भिडियो हटाएको उक्त रिपोर्टमा उल्लेख छ ।

यसअनुसार टिकटकले सबैभन्दा धेरै भिडियो हटाएको मुलुकको सूचीमा पाकिस्तानको नाम तेश्रो स्थानमा आउने जनाइएको छ ।

उक्त रिपोर्टअनुसार तीमध्ये ९४ दशमलब १ प्रतिशत भिडियोहरु अपलोड भएको २४ घण्टा नबित्दै हटाइएको थियो भने ९५ दशमलब २ प्रतिशत भिडियोहरु कसैले रिपोर्ट गर्नुअघि नै हटाइएको थियो ।

यस्तै, ९० दशमलब १ प्रतिशत भिडियोमा कुनै भ्यु आउनु अघि नै हटाइएको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : ०८ बजे

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक