टिकटकले ७५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो हटायो « Khabarhub

टिकटकले ७५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो हटायो


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छोटो भिडियो शेयर गर्न मिल्ने एप टिकटकले पाकिस्तानका ६५ लाख भन्दा धेरै भिडियो हटाएको पत्ता लागेको छ ।

कम्युनिटी गाइडलाइन इनफोर्समेन्ट रिपोर्टले जनाएअनुसार टिकटकले सन् २०२१ को पछिल्लो तीन महिनामा ६५ लाख ६३ हजार ५ सय ९४ भिडियोहरु हटाएको हो ।

योसहित टिकटकले विश्वभरबाट ८ करोड ५७ लाख ९४ हजार २ सय २२ वटा भिडियो हटाएको उक्त रिपोर्टमा उल्लेख छ ।

यसअनुसार टिकटकले सबैभन्दा धेरै भिडियो हटाएको मुलुकको सूचीमा पाकिस्तानको नाम तेश्रो स्थानमा आउने जनाइएको छ ।

उक्त रिपोर्टअनुसार तीमध्ये ९४ दशमलब १ प्रतिशत भिडियोहरु अपलोड भएको २४ घण्टा नबित्दै हटाइएको थियो भने ९५ दशमलब २ प्रतिशत भिडियोहरु कसैले रिपोर्ट गर्नुअघि नै हटाइएको थियो ।

यस्तै, ९० दशमलब १ प्रतिशत भिडियोमा कुनै भ्यु आउनु अघि नै हटाइएको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : ०८ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको